२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमान घिसिङलाई अब पार्टीले औपचारिकता दिन्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेले पार्टीले कुलमान घिसिङ लगायत अन्य नयाँ नेताहरुलाई औपचारिकता दिने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले भने- ‘हामीले कुलमान जीसँग सहमति गरेका छाैं‌। उहाँले हिजो मात्र राजीनामा दिनुभयो, अब पार्टिले औपचारिकता दिन्छ।’

सञ्चारकर्मीले चितवन क्षेत्र नम्बर-३ मा सबिता गौतमको नाम सामाजिक सञ्जालमा चर्चामा रहेको भन्दै रास्वपाले उम्मेदवार टुङ्गो लगाएको हो भनी प्रश्न गरेका थिए।

सो प्रश्नमा सभापति लामिछानेले उम्मेदवारको विषयमा पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताए।

प्रश्नको जवाफमा लामिछानेले सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गर्दै भने, ‘तपाईंलाई के लाग्छ ? पार्टीले फाइनल गरिसक्यो त ? छैन नि।’ उनले अहिले नै उम्मेदवार तय भइनसकेको स्पष्ट पारे।

प्रकाशित: २४ पुस २०८२ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App