राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजै साँझ सम्पन्न हुने भएको छ।
निर्वाचनको अन्तिम परिणाम घोषणा भएसँगै नवनिर्वाचित टिमलाई औपचारिक रूपमा जिम्मेवारी सुम्पिन शपथ ग्रहणको समय तय गरिएको हो।
पार्टीको निर्वाचन समितिका अनुसार आज साँझ ६ः३० बजे महाधिवेशन कार्यक्रम स्थलकै हलमा शपथ ग्रहण समारोह आयोजना गरिनेछ।
कार्यक्रममा नवनिर्वाचित सभापति, उपसभापति, महामन्त्रीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्।
प्रकाशित: १२ असार २०८३ १६:२० शुक्रबार





