२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

दाहालको दाबी: भारतसँग सीमा विवाद समाधानको पहल मैरै पालामा सुरु भएको थियो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद समाधानका लागि आफू प्रधानमन्त्री हुँदा नै ठोस पहल सुरु भएको दाबी गरेका छन्।

उनले वर्तमान सरकारलाई पनि संवादको प्रक्रियामार्फत यो राष्ट्रिय मुद्दालाई समाधान गर्न आग्रह गरे।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री रहँदा भारत भ्रमणका क्रममा सीमा समस्या समाधान नभएसम्म दुई देशबीचको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा स्पष्ट रूपमा राखेको बताए।

‘मैले प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन भन्ने कुरा प्रष्ट रूपमा राखेको थिएँ,’ अध्यक्ष दाहालले भने, ‘त्यसको समाधानका लागि पहल पनि मेरै पालामा सुरु भएको हो।’

उनले वर्तमान सरकारले पनि यो विषयलाई प्राथमिकतामा राखेर संवादको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १२ भाद्र २०८२ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App