१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

भदौ २३ र २४ को घटना पूर्वनियोजित : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित भएको बताएका छन्।

बुधबार केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।

उक्त घटना षडयन्त्रपूर्ण र पूर्वनियोजित षडयन्त्र थियो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनबाट पुष्टि भएको उनले बताए। उनले भने,‘ गत भदौ २३ र २४ गतेको आन्दोलनलाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्छन्। गर्नेहरूले क्रान्ति भन्ने नै भए। युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरेका छन्।’

आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो भएपछि त्यसलाई असफल पार्न आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको उनको भनाइ छ। उनले भने,‘  ‘त्यसका निम्ति तालिमहरू भए। आगो कसरी लगाउने, पेट्रोल बम कसरी बनाउने जस्ता प्रयास भए।’

प्रकाशित: २० जेष्ठ २०८३ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App