१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सिंगापुर पुगेका देउवा दम्पतीको उपचार हुने अस्पताल नै गोप्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेपनि कुन अस्पतालमा भर्ना भएका हुन भन्ने जानकारी सार्वजनिक भएको छैन। 

उनीहरु सोमबार राति स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन, तर उनीहरुले अस्पतालको नाम गोप्य राखेका छन्। साथै कुन रोगको उपचारका लागि उनीहरु सिंगापुर पुगेका हुन भन्ने पनि जानकारी गराइएको छैन।  

जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) अराजक समूहले देउवा दम्पतीमाथि निर्घात कुटपिट गर्नुका साथै उनीहरूको घरमा आगजनी गरेका थिए। सिंगापुर एयरलाइन्सको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका देउवा दम्पती मंगलबार बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।  

विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा सवार अवस्थामा देखिएका थिए। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले कुन अस्पतालमा भर्ना हुनु भएको भन्ने बारेमा आफूलाई जानकारी नभएको बताएका छन्। ‘अस्पतालको नाम चाहि मैले सोधिन’, उनले भने । स्वकीय सचिव भानु देउवासँग भने सम्पर्क हुन सकिरहेको छैन। 

प्रकाशित: ११ कार्तिक २०८२ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App