राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले आफूहरूको सरकारलाई जेनजीले दिएको सबैभन्दा ठूलो उपहार सत्ता नभइ चेतावनी भएको बताएका छन्।
जेनजी शहीद दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। खत्रीले भदौ २३ को परिवर्तनपछि खरानीबाट विभूति कि फेरि धुवाँ भन्दै प्रश्न समेत गरे।
'भदौ २३। परिवर्तनपछि खरानीबाट विभूति कि फेरि धुवाँ?' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हाम्रो सरकारलाई जेनजीले दिएको सबैभन्दा ठूलो उपहार सत्ता होइन, चेतावनी हो।'
प्रकाशित: २३ भाद्र २०८३ ०७:३९ मंगलबार





