२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

डिजिटल कुरा गरेर आएको सरकार कागजी युगमा फर्कियो : युवराज दुलाल

नेकपाले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन माग गरे।

२०७० सालदेखि सञ्चालनमा रहेको इजिपी प्रणाली सरकारले बन्द गराएको आरोप लगाउँदै उनले यसलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे।

उनले प्रणाली बन्द हुँदा केन्द्र सरकारका सयौँ कार्यालय, ७५३ वटै स्थानीय तह र सातै प्रदेश मातहतका कार्यालयहरूबाट हुने ठेक्का प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको उल्लेख गरे।

उनले पुरानो कोडका कारण प्रणाली सञ्चालन गर्न नसकिने बहानामा विद्युतीय खरिद प्रणाली नै ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए।

‘डिजिटल शासनको कुरा सुशासन र समृद्धिको कुरा गरेर आएको सरकार, हामी लाइन होइन अब विद्युतमा जान्छौँ, विद्युतीय प्रणालीमा जान्छौँ’ भनेको सरकार फेरि कागजी युगमा फर्कनु त्योभन्दा विडम्बना केही पनि होइन’,उनले भने,‘ सरकारले फेरि कागजी मोडमा लगेर गुण्डागर्दी शैलीमा, लुटपाटको शैलीमा ठेक्कापट्टालाई लग्यो भने कुशासनको मार्ग प्रशस्त यहाँभन्दा ठूलो यो सरकारको लागि केही पनि हुँदैन।’

प्रकाशित: २६ भाद्र २०८३ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App