४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकार दललाई किनारा लगाएर ज्ञानेन्द्र शाहको शैलीमा चुनाव गराउन खोजिरहेको छः शंकर पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राजनीतिक दलको सहभागितामा चुनाव गराउन नचाहेको आरोप लगाएका छन् । 

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुलाई किनारा लगाएर पूर्वराजा ज्ञानेन्द्र शाहको शैलीमा चुनाव गराउ सरकार उद्धत रहेको दाबी गरे । राजनीतिक दललाई विश्वासमा नलिइ चुनाव हुन नसक्ने उनको भनाइ छ । 

जेनजी आन्दोलनका क्रममा भौतिक संरचना, हातहतियार र बर्दीसमेत गुमाएको नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनाव हुन नसक्ने दाबी महासचिव पोखरेलको छ ।

प्रकाशित: २३ आश्विन २०८२ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App