२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

सामाजिक सुरक्षा भत्तामा सरकारको नीति: ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’

सरकारले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गसम्म पुर्‍याउन ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौँ’ नामक राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक रूपमा सक्षम नागरिकलाई स्वेच्छिक रूपमा भत्ता त्याग्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो घोषणा गरेका हुन्।

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले राज्यको स्रोतलाई न्यायोचित वितरण गर्न यो अभियान सहयोगी हुने बताए।

यस अभियानअन्तर्गत आर्थिक रूपमा सम्पन्न नागरिकले स्वतःस्फूर्त रूपमा भत्ता नलिने घोषणा गर्न सक्नेछन् र सो रकम वास्तवमै विपन्न र असहाय नागरिकको हितमा परिचालन गरिनेछ।

अर्थमन्त्री वाग्लेले भने, ‘आर्थिक रूपमा सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न सक्ने गरी ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गरिनेछ।’

प्रकाशित: १५ जेष्ठ २०८३ १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App