प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीलाई सभामुखले रुलिङ गरेसँगै हर्क साम्पाङले जनताप्रति सरकार जवाफदेही नभएको बताएका छन्।
सभामुखसमक्ष साम्पाङले नियम १५ को २ पनि पालना गरे आफु विरोधमा नजाने बताएका छन्। उनले आफ्ना प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नै दिनुपर्ने बताएका छन्।
उनले भने ,‘ हामीले बारम्बार प्रश्न उठाएका छौँ , हामीले आफ्ना प्रश्न नभएर जनताको प्रश्न सम्बन्धित सरकारका मन्त्रीलाई सोध्न चाहेका छौँ। हामीले सिमानाका कुरा देखी , महङ्गी नियन्त्रण र सहकारी पिडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो? कहाबाट फिर्ता गर्दै छौ ? भन्न प्रश्न गर्न चाहेका छौँ।’
उनले समय मागेर सभामुखलाई प्रश्न गरेका छन्। साथै सुकुम्बासीसगँ सम्बन्धित प्रश्न पनि गर्न चाहेको तर सम्बन्धित मन्त्री संसदमा नआएको उनको गुनासो रहेको छ।
उनले मन्त्रीहरु नीति तथा कार्यक्रममा मात्रै नभएर छलफलमा समेत नआएको र प्रश्न उत्तरमा पनि मन्त्री नआएको भन्दै नियम १५ को उपनियम २ लागु नभएको बताए। उनले जनताप्रति सरकार जवाफदेही हुनुपर्ने बताएका छन्।
प्रकाशित: ६ जेष्ठ २०८३ ११:५२ बुधबार





