१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकार रास्वपाले चलाएकै छैन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व गर्न सक्ने अवस्था नरहेको टिप्पणी गरेका छन्।

रवि प्राविधिक रूपमा बालेन्द्रको सभापति रहेता पनि बालेन्द्रलाई निर्देशन दिने र सरकारले गलत गर्दा सरकारलाई सही ट्रयाकमा ल्याउन रास्वपा सफल नदेखिएको बस्नेतले बताएका छन्।

बस्नेतले भने, ‘प्रधानमन्त्री शाहले संसदमै विवादास्पद र राष्ट्रघाती अभिव्यक्ति दिए। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाए। विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने र सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरे। निजी शिक्षा तथा स्वास्थ्य सेवामा कर लगाए। गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्रीमा पुनर्बहाली भए। रास्वपा र रवि लामिछाने केबल मुकदर्शक बने।’

रास्वपा र रविले बालेन्द्र नेतृत्वको सरकारको बचाउ र समर्थनबाहेक केही गर्न नसक्ने उनको दाबी छ। ‘बालेन्द्र शाह जे गर्छन् र जे बोल्छन् त्यो रास्वपा र रवि लामिछानेले स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने।

हालै पत्रकारमाथि भएको धरपकडबारे रास्वपाले छानबिन गर्न सरकारलाई दिएको निर्देशनको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘सरकार रास्वपाले चलाएकै छैन।’

प्रकाशित: १५ कार्तिक २०८३ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App