२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा देउवा र गगन समूहको दूरी बढ्दै: बेग्लै कार्यालय खोल्ने तयारी

नेपाली कांग्रेसभित्र सहमतिको सम्भावना कमजोर बन्दै गएको संकेत देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापा समूहको दूरी थप बढेको देखिएको छ । सभापति थापासँग राजनीतिक समझदारीको सम्भावना न्यून हुँदै गएपछि इतर पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गर्ने तयारी थालेको छ।

१५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोल्न लागिएको इतर पक्षका नेता बताएका छन्।

हालसम्म इतर पक्षको आफ्नै कार्यालय नभएको उल्लेख गर्दै महाधिवेशनको तयारी, नेताहरूबीच भेटघाट तथा समन्वयलाई सहज बनाउन सम्पर्क कार्यालय स्थापना गर्न लागिएको छ । काठमाडौंको महाराजगन्जस्थित चुनदेवी क्षेत्रलाई प्राथमिकतामा राखेर अन्य स्थान पनि हेरिएको छ।

 

प्रकाशित: ११ असार २०८३ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App