राष्ट्रपति रामचन्द्र पौडेलले यहीँ चैत १९ गतेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। गत फागुन २१ गते भएको निर्वाचनबाट गठित प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्ने भएको हो।
यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

प्रकाशित: १६ चैत्र २०८२ १९:०६ सोमबार





