५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताएका छन् ।  

२५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसयिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताए । उनले भने, ‘जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो।’

राष्ट्रपति पौडेलले आगामी निर्वाचन देशको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए ।  

‘राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भनर् ।  

उनले सशस्त्र प्रहरी बल नेपाल सधैं दृढताका साथ कर्तव्यपथमा अग्रसर रहिरहने विश्वास व्यक्त गरे । 

प्रकाशित: ९ माघ २०८२ २०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App