२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

लोपोन्मुख हायु जातिका १६ जना थातथलो छोडेर हिँड्नु ठुलो मानवीय संकट : अध्यक्ष भट्टराई

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले हायु जातिका १६ जना थातथलो छोडेको घटनालाई ‘मानवीय संकट’ को रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमार्फत तीव्र आलोचना गरेका छन्। उनले हायु परिवारको यो दुरावस्थालाई राज्य, राजनीतिक दल र सचेत नागरिकले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकाएक हराएको हायु परिवार सपरिवार पोखरामा भेटिएको छ। स्थानीयले हराएको भन्दै खोजी सुरु गरेपछि उनीहरू पोखरामा घुमघाममा व्यस्त रहेको पाइएको हो। स्वास्थ्य समस्याका कारण सिन्धुली फर्कन नचाहेको यो लोपोन्मुख हायु परिवार चर्चामा छ। 

भट्टराईले नेपालको संविधानले लोपोन्मुख, अति सीमान्तकृत र सीमान्तकृत जातिका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गर्ने प्रावधान राखे पनि सरकारको गैरजिम्मेवारी र विभेदकारी रवैयाका कारण यस्ता समुदायले दुखद नियति भोग्नुपरेको उल्लेख गरेका छन्।

हायु परिवारको यो घटनाले कुसुन्डा, राउटे, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा, कुसवाडिया जस्ता लोपोन्मुख जातिको भविष्य पनि जोखिममा रहेको भट्टराईले औंल्याए। यस्तै, अति सीमान्तकृत चेपाङ, थामी, सतार, माझी, बरामो, दनुवार, झागड र सीमान्तकृत सुनुवार, राजवंशी, थारू, कुमाल, दराईलगायत समुदायको भविष्य पनि दर्दनाक हुन सक्ने उनको चेतावनी छ। 

प्रकाशित: १४ श्रावण २०८२ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App