२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

हामीले पैसा कमाउन चाहेको दिन देश सकिन्छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी र नेताहरूलाई एक रुपैयाँ पनि नचाहिएको भन्दै आफूहरूले पैसा कमाउन चाहेको दिन देश नै सकिने बताएका छन्।

राजनीतिमा लागेर पैसा कमाउन आफूहरूलाई एक मिनेट पनि नलाग्ने तर त्यस्तो गलत मनसायमा आफूहरू बिलकुलै नरहेको उनले स्पष्ट पारेका छन्।

‘हाम्रा नेताहरूलाई एक रुपैयाँ पनि चाहिएको छैन, हामीले पैसा कमाउन चाहेको दिन त देश सकियो,’ निजी क्षेत्रसँगको छलफलमा उनले भनेका छन्, ‘पैसा कमाउन २०–३०–४० सेकेन्डभन्दा बढी लाग्दैन होला, तर हामी त्यहाँ बिलकुलै छैनौं।’

कार्यक्रमका सहभागीहरूलाई आश्वस्त पार्दै सभापति लामिछानेले रास्वपाको नीतिले सधैँ उनीहरूलाई संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘हाम्रो पोलिसीले तपाईंहरूलाई प्रोटेक्ट गर्छ, यसमा थोरै पनि डाउट नराख्नुस्।’

साथै, उनले सीमा क्षेत्रमा हुने तस्करी रोक्न सरकारले कडाइ गरे पनि उपभोक्ताको संवेदनशीलतालाई ध्यानमा राख्दै त्यसमा पुनर्विचार गर्ने तयारी भइरहेको बताए।

खुल्लमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न पनि नसक्ने स्पष्ट पारे। तस्करी रोक्दा केही असन्तुष्टि देखिए पनि त्यसलाई नियन्त्रण गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको उनको भनाइ थियो।

प्रकाशित: २० वैशाख २०८३ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App