२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

देश स्टन्टबाजीले चल्दैन, गृहमन्त्रीबारे सरकारले तत्काल धारणा सार्वजनिक गरोस्: राप्रपा अध्यक्ष लिङ्देन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीबारे सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  

सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएकोबारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘अहिले प्रारम्भमा नै जुन किसिमका समाचारहरु बाहिर आइरहेका छन् । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ ।’

सामाजिक सञ्जालमा सरकारले २४ घण्टामा लाइसेन्स दिन थाल्यो भनेर प्रचार भएपनि व्यवहारमा त्यो लागू नभएको भन्दै देश स्टन्टबाजीले भन्दापनि परिणामले चल्ने बेला आएको बताए । 

प्रकाशित: ७ वैशाख २०८३ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App