१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अर्थ

१२ हजार क्विन्टल धान खरिद गरिँदै

झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बिहान भएको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले उक्त निर्णय गरेको हो। यस वर्ष झापाबाट कुल १२ हजार क्विन्टल धान खरिद गरिने छ। सोना मन्सुली (मध्यम) धान आठ हजार क्विन्टल र रञ्जित मन्सुली धान चार हजार क्विन्टल खरिद गर्ने लक्ष्य छ।

दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ८६० निर्धारण गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत धान खरिद गरिनेछ।

स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र कृषकलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। धान खरिदबिक्री गर्ने कार्यमा स्वस्फूर्त सहभागिता जनाउन प्रजिअ पोखरेलले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत आग्रह गरे। रासस

प्रकाशित: १० मंसिर २०८३ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App