२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यंग्य गर्दै जनताले जिम्मेवार र दूरदर्शी राजनीतिक नेतृत्वको अपेक्षा गरेको बताएका छन्। 

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा बोल्दै थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरे।  

सभापति थापाले बीपी कोइरालाले देखाएको लोकतान्त्रिक, समाजवादी र मानवकेन्द्रित मार्गमा नेपाली कांग्रेस दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाए। उनले बीपीका आदर्शबाट रत्तिभर पनि विचलित नहुने प्रण गर्दै पार्टीले उनको विचारलाई वर्तमान समयको आवश्यकता अनुसार पुनर्जीवित गर्ने बताए। 

उनले सामाजिक न्याय, समावेशिता तथा प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी बीपीका सिद्धान्तलाई नयाँ पुस्तासँग जोड्दै व्यवहारमा उतार्ने कांग्रेसको लक्ष्य रहेको बताए। 

प्रकाशित: ६ श्रावण २०८३ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App