२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनको तयारीमा लाग्यो आयोग, छलफल गर्न दललाई बोलायो

निर्वाचन आयोगले निर्वाचन लक्षित गतिविधि बढाएको छ । निर्वाचन कार्यतालिका निकाएको आयोगले राजनीतिक दललाई छलफल गर्न बोलाएको छ ।  

आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनको कार्यतालिका निकालेको दुई दिनपछि आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफल गर्न दललाई बोलाएको हो। छलफल गर्न दलहरूलाई असोज ३० गते बोलाइएको आयोगले जनाएको छ।  

आफूहरूसँग छलफल नै नगरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका राजनीतिक दल छलफलमा जाने नजाने भन्ने अन्योलमा छन् ।  

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म निर्वाचनमा सहभागी हुने नहुनेबारे निर्णय गरेका छैनन् । कांग्रेसका एक नेताले फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि अहिलेसम्म वातावरण बनिनसकेको र निर्वाचन नै नहुने अवस्था आए मुलुक थप संकटमा पर्ने भएकाले आन्तरिक छलफलपछि मात्र निर्णय गर्ने बताए । उनका अनुसार, दलहरुबीच विघटित प्रतिनिधिसभा नै पुनःस्थापना गरेर अगाडी बढ्नेबारे पनि कुराकानी भइरहेको छ ।

प्रकाशित: २२ आश्विन २०८२ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App