२१ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसभित्रको विवाद समाधान गर्न थापा र कोइरालाबीच संवाद

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भएको भेटवार्तामा पार्टीभित्रको पछिल्लो विवाद र एकताको आवश्यकताबारे गम्भीर छलफल भएको छ।

भेटका क्रममा नेता कोइरालाले मुलुकमा लोकतन्त्र, राष्ट्रियता र समग्र राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएकाले कांग्रेस विभाजित भएर अघि बढ्न नसक्ने धारणा राखेका छन्। पार्टीलाई एकताबद्ध बनाउन आफू आवश्यक त्याग गर्न तयार रहेको उनले बताएका छन्।

सभापति थापाले पनि कांग्रेसभित्र एकता कायम गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। पार्टीका आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई थप एकताबद्ध बनाउने दिशामा आफू सक्रिय रहेको उनको भनाइ थियो।

भेटमा रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा परेको क्षति तथा त्यसपछिको अवस्थाबारे समेत छलफल भएको बताइएको छ।

पछिल्लो समय कांग्रेसका शीर्ष नेताबीच भइरहेका भेटवार्तालाई पार्टीभित्रको विवाद समाधान र आन्तरिक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित: २१ भाद्र २०८३ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App