१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

विज्ञको सुझाव समेटेर संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको निर्णय

संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलले विज्ञसँग छलफल गर्ने भएको छ । कार्यदलको बिहीबारको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विज्ञ तथा सरोकारवालालाई बोलाएर सोमबारदेखि हरेक दिन दिउँसो तीन बजे छलफल गर्ने निर्णय गरेको हो ।  

आजको बैठकमा कार्यदलका सदस्यसचिव एवम् कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यदलका सबै सदस्यको सुझावसमेत समेटेर कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत पनि गरेको छ ।  

कार्यदलका सदस्यले खुलेर साथ दिएको बताउँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका कार्यदल संयोजक असिम शाहले आगामी दिनमा पनि सोही किसिमको साथको अपेक्षा गरेको बताएका छन् ।  

प्रकाशित: १० वैशाख २०८३ २०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App