जेनजी अभियन्ता तनुजा पाण्डेले भूमिहीन तथा सुकुम्बासी बस्तीमाथि चलाइएको डोजर कारबाहीप्रति कटाक्ष गरेकी छन्।
उनले गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानामुनि बस्नेहरूलाई हुकुम्बासीको संज्ञा दिइएको उल्लेख गर्दै सरकारी जग्गा अतिक्रमण गरेर बहुमूल्य घर निर्माण गर्ने तथा सत्ता र पहुँचको आडमा निजी व्यापार सञ्चालन गर्ने मन्त्री तथा सांसदहरूलाई भने असली सुकुम्बासी भएको कटाक्ष गरेकी हुन्।
'गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानोमा बस्ने हुकुम्बासी भए, सरकारी जग्गा हडपेर ३ तले घर बनाउने, सत्ता र पहुँचको आडमा निजी व्यापार चलाउने मन्त्री/सांसद असली सुकुम्बासी भए,' उनले सामाजिक सञ्जालमा नवीन तिवारीको पोष्ट सेयर गर्दै भनिन्।
तनुजाले अहिले डोजर गरिब र विपन्न बस्तीमा मात्र चलेको भन्दै राज्यको कदममाथि असन्तुष्टि जनाइन्। साथै उनले न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपालको शुभकामना व्यक्त गरेकी छन्। 'त्यही भएर डोजर हुकुम्बासी बस्तीमा चलेको, न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपालको शुभकामना,' उनले लेखेकी छन्।
प्रकाशित: २४ वैशाख २०८३ ०९:५८ बिहीबार





