८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

कर्णालीमा मन्त्रीहरुको शपथ स्थगित

कर्णालीमा सोमबार हुने भनिएको मन्त्रीहरुको शपथ कार्यक्रम स्थगित गरिएको छ।

मन्त्रीहरुको टुङ्गो नलागेपछि सोमबार ११ बजेका लागि राखिएको शपथ कार्यक्रम स्थगित गरिएको हो।

मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथका लागि प्रदेश प्रमुखको कार्यालयसँग समय माग गरेका थिए। कार्यलयले आज बिहान ११ बजेको लागि समय तोकेको थियो।

यसअघि सांसद विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्कालाई मन्त्री बनाइने चर्चामा थियो। तर साबिक समाजवादी धारले कल्याणी खड्कालाई मन्त्री बनाउनुपर्ने अडान लिएपछि सहमति जुट्न नसक्दा मुख्यमन्त्री शाहीले शपथ स्थगन गरेका बताइएको छ।

प्रकाशित: ८ भाद्र २०८३ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App