राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको शैली अधिनायकवादको संकेत रहेको टिप्पणी गरेका छन्। शुक्रबार रामेछापमा आयोजित एक कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन्।
‘सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने कुरा सुझबुझका साथ चरणबद्ध रूपमा गर्न सकिन्छ,’ वाग्लेले भने ‘तर, क्र्याकझ्याप गरेर प्रतिबन्ध लगाउन खोजियो। जुन अधिनायकवादको संकेत हो भन्ने मलाई लाग्छ।’
विदेशमा रहेका झन्डै ८० लाख नेपालीको आफन्तसँग जोडिने एक मात्र माध्यम सामाजिक सञ्जाल रहेको बताउँदै वाग्लेले सरकारले त्यसमा कैँची लगाएको टिप्पणी गरे। यसमा सरकारको नियत पनि गलत रहेको उनले बताए।
प्रकाशित: २० भाद्र २०८२ १९:१६ शुक्रबार





