७ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

सूर्यको व्यंग्य : पशुपतिनाथको पूजाले नपुगेपछि कैंचीदेवको आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन खोजेको हो ?

नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन्।

थापाले रविको भारत भ्रमणबारे सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन्। उनले आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीदेव तीर्थाटन–आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति अपनाएको बताए।

उनले लेखेका छन्, 'आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीदेव तीर्थाटन–आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो?'

रवि श्रीमती निकिता पौडेलसहित तीन दिने भारत भ्रमणमा छन्। उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।

साथै रविले आफू कारागारमा हुँदा बखतको भाकल पूरा गर्न भारत आएको बताएका थिए। 

प्रकाशित: ७ कार्तिक २०८३ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App