नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनबाट मन्त्री बनेका महावीर पुनको पछिल्लो भनाइलाई समर्थन गरेका छन्।
पुनको एकता नै शक्ति हो भन्ने भनाइलाई बस्नेतले समर्थन जनाएका हुन्। 'महावीर पुन जीको यो भनाइलाई समर्थन गरियो,' उनी सामाजिक सञ्जालमा लेख्छन्, 'एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो।'
यस्तो छ बस्नेतले लेखेको स्टाटस:
पञ्चायती व्यवस्था चालवाज र गुटबन्दीले ढल्यो।
२०४६ देखि २०८२ सम्मको इतिहासले देखाउँछ ।
जब राजनीतिक दलहरू स्वार्थ र खुट्टा तानातानमा फस्छन्,
त्यो बेला जनता र युवापुस्ता सडकमा आउँछन्।
जेन–जी पुस्ताले पनि अब त्यही गल्ती दोहोर्याउन हुँदैन।
तपाईंहरू कुनै दल होइन, एउटा उमेर समूह हो ।
देश सुधारको भावना लिएर अगाडी बडौँ।
एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो।
नेपाललाई सुधार्न इतिहास दोहोर्याउन बडौँ ।
महावीर पुन जीको यो भनाईलाई समर्थन गरियो।
एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो।
नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउँ राजनैतिक दलहरू र जेन्जी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गरौं।
देशलाई विदेशी रणभूमि बन्न नदिऔं।
विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गरौं।
प्रकाशित: २६ आश्विन २०८२ १०:४६ आइतबार





