१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

सुनसरी घटना : छानबिनका लागि समिति गठन, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।

यस्तै, घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृहमन्त्रीले साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको छ।अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

घटनापछि गृहमन्त्री गुरुङले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायतसँग छलफल गरेका थिए।

प्रकाशित: ११ श्रावण २०८३ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App