सुनसरी निर्वाचन क्षेत्र नम्बर-४ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साहले निकै फराकिलो अग्रता कायम गरेका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई भारी मतान्तरले पछि पार्दै आफ्नो अग्रता फराकिलो बनाएका हुन्।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका साहले ४० हजार १ सय ७७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्की १५ हजार २ सय ७९ मतसहित दोस्रो स्थानमा रहेका छन्। हालसम्मको मतपरिणामलाई आधार मान्दा यी दुई उम्मेदवारबीच २४ हजार ८ सय ९८ मतको विशाल अन्तर रहेको छ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ८ हजार ३४ मत प्राप्त गरेका छन्।
उता, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महमद महफुज अन्सारीले ३ हजार २ सय ४१ मत र श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७ सय ८ मत पाएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ २१:४० आइतबार





