२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

शेखरलाई सुनिलको चेतावनीः टिमबाट सहमहामन्त्री लड्छु, नदिए विद्रोह गर्दै महामन्त्री लड्छु

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आफू डा. शेखर कोइरालाको टिमबाट सहमहामन्त्री लड्न चाहेको बताएका छन्। मोरङकै बासिन्दा रहेका शर्मा पहिल्यैदेखि कोइराला निकट नै मानिन्छन्। 

शर्माले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफू कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री दाबेदार रहेको बताउँदै त्यसका लागि कोइरालासँग कुराकानी गरिरहेको बताए। 

आफू कोइराला पक्षकै मान्छे भएकाले यसमा लजाउनुपर्ने कुनै पनि विषय नभएको बताउँदै उनले अगाडी भने,‘अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु। सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु।’ तर, आफू माथिबाट तल झर्ने मान्छे नभएको पनि उनले दाबी गरे। 

यदि कोइरालाले आफूलाई सहमहामन्त्री पदमा उम्मेदवार नबनाए विद्रोह गर्ने शर्माले चेतावनी दिए। ‘उहाँले सहमहामन्त्री नदिए महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ,’ उनले भने। माथि जाने भन्दैमा यसै पटक सभापतिमा भने नजाने उनले बताए। 

आफूले कोइराला समूहबाट विद्रोह गर्नुपर्ने अवस्था आए सभापतिमा अर्को कुनै स्वच्छ छविको नयाँ उम्मेदवार बोकेर जाने पनि उनले दाबी गरे। 

प्रकाशित: ४ पुस २०८२ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App