१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्दै रवि लामिछाने

भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतीय गृहमन्त्री अमित शाहसँग उच्चस्तरीय भेटवार्ता गर्दैछ।

नयाँ दिल्लीमा हुने उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने र आपसी हितका साझा एजेन्डाहरूमा केन्द्रित रहेर संवाद हुनेछ।

विशेषगरी लोकतान्त्रिक अभ्यासको सुदृढीकरण, सुरक्षा सहकार्य र छिमेकी मुलुकका राजनीतिक दलहरूबीचको संस्थागत संवादलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App