१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

आत्म*हत्याका घटना बढे, अनुसन्धान हुनुपर्छ : सांसद ढकाल

देशमा पछिल्लो समय आत्महत्याको घटनाहरू बढ्न थालेको भन्दै सांसद सम्भुप्रसाद ढकालले आत्महत्याको घटनामा सम्बन्धित निकायले कुनै पनि प्रभाव र दबाबमा नपरी अनुसन्धान गनुपर्ने बताएका छन्।

उनले समाजले आत्महत्या आफैँमा कायर निर्णय हो भने पनि नेपालको कानुनले आत्महत्या स्वयंको कायरताले मात्रै नभई अरुको दुरुत्साहनबाट पनि हुने र उक्त विषय मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा उल्लेख भएको भन्दै त्यसको अनुसन्धान सम्बन्धित निकायले गर्नुपर्ने बताएका हुन्। 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले विभिन्न आत्महत्याको घटनाहरू बताउँदै आत्महत्याको घटनामा सम्बन्धित निकायले कुनै पनि प्रभाव र दवावमा नपरि अनुसन्धान गर्नुपर्ने र अनुसन्धान सही र संवेदनशील भएन भने दुरुत्साहन गर्नेहरू बच्ने र पीडितले न्याय नपाउने बताए।  

साथै आत्महत्या गर्नेहरूले सञ्जालमा स्टाटस लेख्दा वा आरोप लगाएको भरमा सजाय दिँदा पनि उचित नहुने हुँदा संवेदनशील घटनामा सम्बन्धीत निकायले संवेदनशील भएर अनुसन्धान गर्न प्रयास गनुपर्ने माग राखेका छन्।  

प्रकाशित: ५ जेष्ठ २०८३ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App