२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सुदन गुरुङको प्रश्न: मैले नै मन्त्री छान्ने हो भने म र केपी ओली, शेरबहादुर देउवामा फरक के ?

सुदन गुरुङले अहिलेको जेन-जी आन्दोलन परिवर्तनका लागि भएकाले आफूहरुले केपी ओली, शेरबहादुर देउवाभन्दा फरक शैलीमा काम गर्ने बताएका छन् ।  

आइतबार सिंहदरबारमा पत्रकारसँगको कुराकानीमा उनले विषम परिस्थितिको आन्दोलन र आन्दोलनलाई निर्णायक बनाउन आफूहरू लागेको भन्दै अब परिवर्तन हुने गरी काम गर्न आवश्यक रहेको बताए ।  

उनले भने, ‘जहाँ जे जे भयो राम्रोको राम्रै भएको छ । नराम्रो जे-जे भयो अपजस मलाई मात्र आउने गरेको छ । तर केही छैन । म नराम्रै भए पनि सही देश राम्रो हुनुपर्‍यो ।’

आफूले मन्त्री छान्ने काम नगरेको बताउँदै उनले भने, ‘अहिले म पनि सुन्छु पढ्छु मैले न टपक टपक टिपेर मन्त्री बनाएको भन्ने खालका कुरा आएका छन् । यही नहोस् भन्ने माग जेन-जीको हो । मैले पनि यही गरेँ भने केपी ओली, शेरबहादुर देउवा र ममा के फरक भयो र ?’

निष्पक्ष व्यक्ति सरकारमा जानुपर्छ भन्ने चाहिँ माग गरेको उनले बताए । ‘यो सरकारमा काम गर्ने निष्पक्ष मान्छे जानुपर्छ । यसमा हाम्रो हस्तक्षेप भन्ने छैन । तर सरकारमा जाने मान्छे को हुने भन्ने चाहिँ हामीले हेरिरहेका छौँ ।’

प्रकाशित: ५ आश्विन २०८२ २०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App