१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीको गुण्डु निवासमा आक्रमणको हल्लापछि सुदनको अपिल: ‘हिंसाले परिवर्तन ओझेलमा पर्छ’

फाइल तस्बिर।

हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन-जी पुस्तालाई हिंसाको बाटो त्यागेर संयमता अपनाउन आह्वान गरेका छन्। 

शनिबार सामाजिक संजाल मार्फत् उनले यस्ता गतिविधिले सकारात्मक परिवर्तनको आन्दोलनलाई नै ओझेलमा पार्ने बताएका हुन्।

केहीदिन देखि टिकटक लगायतका सामाजिक सञ्जालमा ‘एक्स्पोज झोले’ ट्रेन्डको नाममा केही प्रयोगकर्ताले असोज ११ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाएका थिए। उनको स्ट्याटस पनि यहि हल्ला लक्षित रहेको आकंलन गरिएको छ।

उनले लेखेका छन् ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्‍याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्।’

यही सन्दर्भमा, शनिबार नै भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि आक्रमणको धम्की आइरहँदा पनि सरकारले सुरक्षा खोस्न लागेको भन्दै गुनासो गरेका थिए।

गुरुङले युवाहरूको ऊर्जालाई सडकको अराजकताभन्दा निर्वाचनमार्फत सकारात्मक परिवर्तन ल्याउन केन्द्रित गर्नुपर्नेमा जोड दिए।

‘हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ। त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो,’ उनले भने, ‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेन-जी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’

प्रकाशित: ११ आश्विन २०८२ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App