२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

जनसङ्घर्षबाट प्राप्त अधिकार सशक्त बनाउनु आजको आवश्यकता : संयोजक दाहाल

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा जारी गरेका शुभकामना सन्देशमा उनले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताएका छन्।

संयोजक दाहालले जनसङ्घर्षबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको सङ्घर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता भएको बताए।

प्रकाशित: २४ श्रावण २०८३ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App