१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

हिमाली पदयात्रा र पर्यटनमा डोजरे विकास रोक्नुहोस् : प्रकाशचन्द्र परियार

सांसद प्रकाशचन्द्र परियारले हिमाली पदयात्रा, डोजरे विकास, पर्यटन र रैथाने संवेदनशीलताका विषयमा सरकारले  ध्यान दिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले एकातिर पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको अध्ययनका लागि चार करोड १९ लाख रुपैयाँ बजेट छुट्याएको र अर्कोतर्फ ‘ग्रेट हिमालयन ट्रेल’ लाई रणनीतिक पर्यटन करिडोरका रूपमा स्तरोन्नति गर्ने घोषणा गरेको समेत बताए। 

अमेरिकाको प्यासिफिक क्रेस्ट ट्रेल र युरोपको टुर डे मोन्ट ब्लाङकजस्ता पदमार्ग प्राकृतिक पदमार्गका रूपमा स्थापित भए पनि नेपालको ग्रेट हिमालयन ट्रेल प्राकृतिक सौन्दर्यसँगै आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल तथा हजारौँ वर्ष पुरानो मानव सभ्यताको अद्वितीय उपहार रहेको उनको भनाइ छ। 

‘नेपालको जीएचटी संसारकै सर्वोच्च र साहसिक पदमार्ग हो, ’ उनले बताए। 

सांसद परियारले हिमाली जनताका लागि सडक पूर्वाधार आवश्यक भए पनि पर्यटनको नाममा निर्माण हुने राजमार्गको रेखाङ्कन वैज्ञानिक र वातावरणमैत्री हुनुपर्ने बताए। 

‘पहिले २१ देखि २८ दिनसम्म आनन्दले हिँड्ने पर्यटकहरू आज गाडीको धुवाँ र धुलोका कारण तीनदेखि पाँच दिनमै फर्कन बाध्य छन्,’ उनले बताए। 

प्रकाशित: १६ आश्विन २०८३ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App