प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक रास्वपाका सांसदहरू अनुपस्थित भएपछि स्थगित भएको हो।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय अधिवेशनको आह्वान गरेसँगै पार्टीका सांसद जिल्ला अधिवेशनमा व्यस्त भएपछि बैठकमा अनुपस्थित हुन थालेका बताइएको छ।
प्रकाशित: २२ जेष्ठ २०८३ १३:३७ शुक्रबार





