१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सहकारी पीडितका लागि राज्य कोषको रकम दुरुपयोग गर्नु हुँदैन : हर्क साम्पाङ

राज्य कोषबाट सहकारीको पैसा फिर्ता गर्ने सरकारको निर्णय गलत भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले सरकारले राज्य कोषबाट रकम फिर्ता गर्न थाले भविष्यमा सहकारी ठगहरूको सङ्ख्या बढ्दै जाने बताएका छन्। सहकारीमा रकम हिनामिना गरे पनि केही सजाय नहुने र राज्यले पैसा तिर्ने रहेछ भन्ने धारण ठगहरूमा हुने भन्दै अपराधिक क्रियाकलापमा संग्लन हुने व्यक्तिको सङ्ख्या बढ्ने बताए।

जनताले तिरेको करबाट बन्ने राजस्वले देशको शान्ति सुव्यवस्था, सेवा सुविधा र विकास निमार्णमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। मंगलबार उनले सामाजिक सञ्जाल मार्फत राज्य कोषको रकमबाट पीडितलाई राहत दिने र पीडकलाई उन्मुक्ति दिने काम नगर्न सरकारसँग आग्रह गरेका हुन्।

वर्तमान सरकारले भविष्यमा पनि आफूलाई मत प्राप्त होस भन्ने अपेक्षा राख्दै राज्य कोषको रकम दुरुपयोग गर्न खोजेको भन्दै सबैले त्यसको विरोध गर्नुपर्ने उनले बताए।

साथै उनले पछिल्लो समय सरकारले सुकुम्बासीलाई विस्थापति गर्दा पीडितको पक्षमा कसैले नबोलेको भन्दै सबैले समस्याको उजागर गर्नुपर्ने माग गरे।

प्रकाशित: १२ जेष्ठ २०८३ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App