शिक्षामन्त्री सस्मित पोखरेलले देशभरिका सुकुम्बासी बस्ती हटाउनेबारे मन्त्रिपरिषद्को बैठकमा कुनै निर्णय नै नभएको बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले यस्तो बताएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौंसहित देशभरको सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएको भनेर सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले भने, 'त्यसबारे अहिलेसम्म मन्त्रिपरिषद्बाट त्यस्तो केही पनि निर्णय भएको छैन।'
प्रकाशित: १० वैशाख २०८३ १३:२९ बिहीबार





