युवा संघ नेपालका प्रवक्ता निरोज पौडेल नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । उनी इलामबाट सर्वसम्मत चयन हुँदै महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
इलाममा लामो छलफलपछि सबै प्रतिनिधि सर्वसम्मत चयन भएका थिए । विघठित प्रतिनिधि सभामा इलाम-२ का सांसद सुहाङ नेम्वाङ, युवा संघका प्रवक्ता निरोज पौडेल, रविन्द्र सुबेदी युवा नेतामा इलामका भबिष्यको नेतृत्वको रुपमा हेरिन्छ। सुबेदी जिल्लामा पार्टी सचिव छन। नेम्वाङ र पौडेल ४० बर्ष मुनीका नयाँ अनहारका युवा हुन।
दुई वटा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् ।
इलाम–१ बाट युवा तर्फ निरोज पौडेल चयन भएका छन् ।
महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् ।
इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन् । महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बू र पविमाया राई चयन भएका छन् ।
विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । नेम्वाङसहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भए ।
प्रकाशित: १६ मंसिर २०८२ २१:२८ मंगलबार





