१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पार्टीका कमीकमजोरीको केही हिस्सा ‘डाइभिङ सिट’ को छेउमा बसेको नाताले हामी लिन्छौं: शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र नवीन आत्मविश्वास र समाजमा नयाँ भरोसा जगाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी र समाजमा नयाँ विश्वास जगाउने अठोटका साथ आफूहरूले महाधिवेशन आयोजना गरेको बताए।

‘हामीले पार्टीभित्र नवीन आत्मविश्वास भर्नु छ,’ सम्बोधनका क्रममा शर्माले भने, ‘समाजमा नयाँ विश्वासलाई जगाउने अठोटका साथ यो अधिवेशन भएको हो।’

महामन्त्री शर्माले पार्टी सञ्चालनमा देखिएका कमीकमजोरीको नैतिक जिम्मेवारी सभापतिले मात्र नभई आफूहरूले पनि लिने बताए।

‘जे-जति कमीकमजोरी भएका छन्, पार्टीको ‘डाइभिङ सिट’ को छेउमा बसेको नाताले त्यसको केही हिस्सा हामीले पनि लिनुपर्छ र लिन्छौँ,’ उनले भने।

राजनीतिमा पनि मौसमको परिवर्तन भइरहने भन्दै उनले नेतृत्वले अनुकूलता र प्रतिकूलता चिन्ने क्षमता राख्नुपर्नेमा जोड दिए। उनले आफूहरू समयअनुसार बदलिन तयार रहेको र देशलाई पनि बदल्न सक्ने दाबी समेत गरे।

प्रकाशित: २७ पुस २०८२ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App