२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

‘विशेष महाधिवेशन’ विधानविपरीत हो, वैशाखमै नियमित महाधिवेशन हुन्छ : कार्यवाहक सभापति खड्का

फाइल तस्बिर

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला बोलाइनु पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन्।  

पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै उनले सो विषयमा आज मात्रै निर्वाचन आयोग पुगेर वैधानिकताबारे गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए।

खड्काले कुनै पनि तहको महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय समितिबाहेक अरू कसैलाई नरहेको स्पष्ट पारे। उनका अनुसार कांग्रेसले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ र सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

उनले अघिल्लो पटक ल्याइएको महाधिवेशन कार्यतालिका महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विवरण बुझाउन नसक्दा प्रभावित भएको जिकिर गरे। 

साथै, आफ्नो जानकारीबिना नै नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्दै खड्काले त्यसप्रति आपत्ति जनाए।

प्रकाशित: २ माघ २०८२ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App