४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष रञ्जितालाई २४ घण्टाको 'अल्टिमेटम'

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का १२ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई २४ घण्टाभित्र केन्द्रीय समिति बोलाउन अल्टिमेटम दिएका छन्।

पार्टीभित्रका तमाम विषयहरूका बारेमा छलफल गर्नुपर्ने भन्दै १२ जना केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेको गंगाराम चौधरीले जानकारी दिए। पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिइएको उनले बताएका छन्। 

अल्टिमेटम दिने केन्द्रीय सदस्यहरूमा पुन्न बहादुर बुढा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन्।

अध्यक्ष रञ्जिता श्रेष्ठका प्रति पनि प्रश्न उठेको छ। उनको नाम पोखराको जग्गा प्रकरणमा मिसिएको छ। पार्टी संरक्षक रेशम चौधरीले यसका सम्बन्धमा उनले जवाफ दिनुपर्ने माग गरेका छन्।

प्रकाशित: ९ श्रावण २०८२ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App