सांसद अमरेश कुमार सिंहले सभामुख देवराज घिमिरेले जनताको इस्यूमा छलफल हुन नै नदिएको आरोप लगाएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै सिंहले यस्तो बताएका हुन्।
'सभामुखले जनताको इस्यूमा डिक्सस नै हुन दिनुहुन्न। उहाँ कहिलेकाहीँ एमालेको सभामुख बन्नुहुन्छ,' सांसद सिंहले आरोप लगाए।
उनले सभामुख 'डिक्टेटर' जस्तो बनेको पनि आरोप लगाए। 'सभामुख कहिलेकाहीँ सभामुखको जिम्मेवारीमा रहनुहुन्न नि। उहाँ त सभा सञ्चालनको कोअर्डिनेटर हो, डिक्टेटर होइन नि,' उनले भने, 'उहाँले जथाभाबी गर्नुहुन्छ। उहाँले यो हाउस मेरो हो भन्ने बुझ्नुहुन्छ।'
प्रकाशित: २१ श्रावण २०८२ १९:४५ बुधबार





