१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

एमाले नेता थापाले बोलेका तीनवटा शब्द हटाउन सभामुखकाे निर्देशन

सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले मंगलबारको संसद् बैठकमा बोलेका तीन शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

बादलले मंगलबार गरेको सम्बोधनका क्रममा नेपाली सेना, जेनजी आन्दोलनसहितबारेमा कडा टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका संरचना जल्दा नेपाली सेना मुकदर्शक र रमिते बनेको बताएका थिए। यस्तै उनले अहिले रास्वपाकै सांसद रहेका कतिपयले राष्ट्रिय झन्डा ओढेर देश जलाउन हिँडेको आरोप लगाएका थिए।

बादलले अहिलेको संसद्मा रहेका रास्वपा सांसदहरूलाई पनि अराजकहरूको भिडको संज्ञा दिएका थिए । 

उनकाे यी भनाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनाल र रमेश प्रसाईंले गम्भीर असहमति जनाउँदै नियमापत्ति गरेका थिए। सोही अनुसार बधबारको दोस्रो बैठकमा सभामुख अर्यालले बादलले मंगलबार सम्बोधनका क्रममा बोलेका तीनवटा शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रकाशित: ३० वैशाख २०८३ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App