सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा मंगलबार सांसद गणेश पराजुलीले प्रयोग गरेका केही शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा पराजुलीले ‘भरौटे’ र ‘कपडा लगाएपनि नाङ्गै हिँडेको’ लगायतका अभिव्यक्तिलाई संसदीय मर्यादा विपरीत रहेको भन्दै सभामुख अर्यालले संसद् सचिवालयलाई रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले संसद्मा प्रयोग हुने भाषा मर्यादित, सभ्य र संसदीय अभ्यासअनुकूल हुनुपर्ने बताउँदै संयमित हुन आग्रह गरेका छन् ।
प्रकाशित: ३१ वैशाख २०८३ ११:४८ बिहीबार





