३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन्।

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरे।

प्रकाशित: ३० असार २०८३ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App