सभामुख डोलप्रसाद (डीपी) अर्यालले अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन गरेका छन्। टीकापुरमा आयोजना गरिएको उक्त सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।
संघीयता कार्यान्वयनका क्रममा संघीय संसद् र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहकार्य र सहअस्तित्व सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ।
अन्तर-व्यवस्थापिका मञ्चद्वारा आयोजित यस सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको हो।
सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रूबी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, सातै प्रदेशका सभामुख तथा उपसभामुखहरू साथै महासचिव र सचिवहरूको सहभागिता रहेको छ।
प्रकाशित: २३ जेष्ठ २०८३ १२:४४ शनिबार





