४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

'कतै एमालेकै नेता-कार्यकर्ता त म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग भएका छैनन्!'

नेकपा (एमाले)भित्रकै मानिसहरुलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको छ कि? यस्तो प्रश्न पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उठेको छ । केन्द्रीय सदस्य गोविन्द थापाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि धारणा राख्नेक्रममा उक्त विषय उठाएका हुन्।  

भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद्स भवनसहित ठूला भवनहरु जलाउन संगठित गिरोहले महिनौंको तयारीपछि म्याग्नेशियम र सोडियम जस्ता घातक रासायनिक पदार्थ प्रयोग गरेको न्यूयोर्क टाइम्सले खुलासा गरेको थियो। सो विषय उठाउँदै थापाले सिंहदरबार र संसद भवन जलाउन प्रयोग गरे जसरी एमालेलाई जलाउन पनि म्याग्नेशियम र सोडियम प्रयोग गरेको हुन सक्ने दाबी गरे। 

बैठकमा उनले भने, ‘षडयन्त्रकारीहरु नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि जलाउन चाहन्छन् भन्ने बुझेका छौं कि छैनौं? एमाले र ओलीलाई म्याग्नेशियम र सोडियमले सिध्याउन सकिँदैन, त्यसका लागि एमालेभित्रकै व्यक्तिहरुलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ।’

केपी ओलीले अध्यक्ष पद छाड्नुपर्छ भन्नेहरुले कतै आफू म्याग्नेशियम र सोडियम बनिरहेको त छुइन भनेर आफैलाई सोध्नुपर्ने भनाइ थापाको थियो।  

थापाले भने, ‘शत्रु सामुन्ने आइसक्यो, शत्रुले देश जलाई सक्यो। सत्रुले जेजे गर्नुपर्ने गरिसक्यो। सत्रुले भदौ २३ गते भीडमा घुसेर गोलीकाण्ड मच्चायो, गोलीले मान्छे भुट्ने अवस्था सिर्जना गर्न षडयन्त्र गर्यो।’

शत्रुले अब म्याग्नेशियम र सोडियम कसरी प्रयोग गर्ने योजना बनाएको छ भन्ने हामीलाई थाहा छैन, हामीलाई के थाहा छ भने सत्रुको भण्डारबाट म्याग्नेशियक र सोडियम सकिएको छैन भन्ने विचार थापाको थियो। 

प्रकाशित: ३० आश्विन २०८२ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App