स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मध्यावधि चुनावको पक्षमा रहेको दाबी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै सिंहले यस्तो बताएका हुन्।
'म रिसर्चर हो, राजनीतिज्ञ होइन। अहिले शेरबहादुरजी र केपी ओलीजी बिफोर टाइम इलेक्सनमा जानेमा हुनुहुन्छ। किनभने २०८४ सम्म पुग्दा नपुग्दा; म तपाईंलाई अथेन्टिक कुरा भन्दैछु- चाँडै चुनाव गराउने। सङ्घीय चुनाव गरेर सत्तामै बसौँ भन्ने उहाँहरूको कुरा छ। उहाँहरूले हामीले सत्ता छाड्यौँ बाहिर बस्न मिल्दैन, जेलमा जानुपर्छ भनेर, शेरबहादुरजीको चिन्ता श्रीमती र छोराको चिन्ता छ। राज्यसँग यथेष्ट प्रमाण छ, चाह्यो भने जतिबेला पनि चलाउन सकिन्छ,' उनले भने।
सांसद सिंहले कांग्रेस-एमालेले चुनाव नै नगराइकन मनोनीत गरेर जानेबारे पनि सोचिरहेको दाबी गरेका छन्। चुनाव गराउँदा आफूहरूको पक्षमा 'फ्रस्टेसन' मात्रै आउने भन्दै मनोनीतको बहस पनि गरिरहेको दाबी सिंहको छ। 'चुनाव नै नगरीकन मनोनीतको कुरा छ। अहिले कांग्रेसको ८८ सिट छ, पछि पनि त्यही गरिदिने। त्यसो गर्दा दुई पार्टीको जागिर पनि रह्यो,' उनले भने।
प्रकाशित: २१ श्रावण २०८२ २०:०९ बुधबार





